Comments Add Comment

Advertisment

SKIP THIS

नायक पल शाह कारागार मुक्त भएसँगै पोखरातर्फ लागे

१५ फागुन , काठमाडौं । नायक पल शाह कारागार मुक्त भएसँगै पोखरातर्फ लागेका छन् ।

उनी बहिनी रोशनी केसी र आफ्ना साथीहरूसँग पोखरा लागेका हुन् । उनी आज पोखरामा नै बस्नेछन् । उनी भोलि मात्र पोखराबाट काठमाडौं फर्किने बुझिएको छ ।

कारागार मुक्त भएसँगै पलले सबैलाई धन्यवाद दिएका छन् । उनले भने–‘कष्टकर समयमा साथ दिनु हुने सबैलाई धन्यवाद भन्न चाहन्छु ।’ पल शाहलाई उनकी बहिनी रोशनी केसीले गाडीसम्म पुर्याएकी थिइन् । कपाल काटेका पल केही मोटाएका छन् ।

नायक शाह चाँडै नै काममा फर्किने तयारीमा छन् । पललाई केही फिल्मको अफर समेत गइसकेको छ । उनी म्युजिक भिडियोमा पनि केही समयमा नै काम गर्न चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै