Comments Add Comment

Advertisment

SKIP THIS

प्रदेश १ को नाम कोशी राख्ने प्रस्तावमाथिको छलफल सम्पन्न

१७ फागुन , काठमाडौ । प्रदेश १ को नाम कोशी राख्ने प्रस्तावमाथिको छलफल सकिएको छ ।

बुधबार दिउँसोबाट सुरु भएको बैठकमा नामकरण माथिको छलफल सकिएको हो । सभामुख बाबुराम गौतमले उक्त प्रस्तावमाथि संशोधन दर्ताका लागि दुई घण्टाको समय दिएका छन् । दुई घण्टापछि अर्को बैठक बस्नेछ ।

कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिएका थिए । प्रदेश सांसदहरूले उठाएको प्रश्नको जवाफ उक्त प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले जवाफ दिएका छन् ।

संशोधन दर्ताको समय सकिएपछि बस्ने अर्को बैठकमा प्रदेश नामकरणको प्रक्रिया टुंगिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment