Comments Add Comment

Advertisment

SKIP THIS

सबै टिकट सकिएकाे क्यानकाे ‘घाेषणा’ घरबाटै क्रिकेट हेरिदिन आग्रह (तस्वीरहरू)

२ चैत , काठमाडौ । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत नेपालले आज अन्तिम खेलमा यूएईको सामना गर्दैछ । यो खेल जिते नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाउने छ ।

नेपालका लागि निकै महत्वपूर्ण मानिएको यो खेल बिहान साढे ९ बजे सुरु हुँदै छ । खेल हुने टियु क्रिकेट मैदान प्रवेशका लागि नेपाली क्रिकेट समर्थकहरू बिहानैदेखि लामबद्ध छन् । उनीहरू बिहान पाँच बजेदेखि नै मैदान प्रवेशका लागि लाइन लागेका हुन् । तर त्रिवि मैदानमा हुने खेलका लागि सबै टिकट बिक्री भइसकेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

क्यानले सबै टिकट बिक्री भइसकेको र भिडभाड हुने भएकाले घरबाटै क्रिकेट हेरेर समर्थन गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment