Comments Add Comment

Advertisment

SKIP THIS

गुल्मीमा बलात्कारपछि भागेका २ जनालाई प्रहरीले पक्राउ

२८ कात्तिक , काठमाडौ । गुल्मीमा बलात्कारपछि भागेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–१ घर भएका चन्द्रबहादुर थापा र गुल्मीको मुसिकोट नगरपालिका–८ वामी घर भएका चन्द्रे सार्की उर्फ सुरेश छन् ।

२०७७ साल पुस २३ मा गुल्मीको चन्द्रकोट गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेर भागेका २१ वर्षीय चन्द्रबहादुर थापालाई कपिलवस्तुबाट पक्राउ गरेर ल्याइएको गुल्मीका एसपी गोपालचन्द्र भट्टराईले बताए ।

४६ वर्षका सुरेश मुसिकोट नगरपालिकाबाट पक्राउ परेका हुन् । गएको भदौमा सुरेशले ३१ वर्षका महिलालाई बलात्कार गरेको आरोप छ । कार्तिक २५ मा चन्द्रबहादुरलाई पक्राउ गर्न गुल्मीका एसपी भट्टराई कपिलवस्तु पुगेका थिए । दुवैजना आरोपीलाई अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment