Comments Add Comment

Advertisment

SKIP THIS

एसपी रामेश्वर कार्कीले चितवनको प्रहरी कमाण्ड सम्हाले सङै फरार अभियुक्तहरु धमाधम पक्राउ

चितवन / प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय चितवनको कमाण्ड सम्हाले सङै विभिन्न मुद्दामा फरार रहेका अभियुक्तहरु धमाधम पक्राउ पर्ने थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय मातहतबाट खटिएको प्रहरी टोलीले अदालतको विभिन्न मितिहरुको फैसलाले कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीहरु २३७ जनालाई नियन्त्रणमा लिएको हो ।

चितवन प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारेको छ । देशकै मध्य भागमा पर्ने फरार प्रतिवादीको संख्या बढ्ने क्रम नरोकिएपछि यहाँ अभियाननै चलाएको चितवनका एसपीले बताएका छन् ।

चितवन जिल्लामा प्रहरी प्रमुख एसपी रामेश्वर कार्की आएसगैँ १५ बुँदे कार्ययोजना लागु गर्दै फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारिएको बताएका छन् । सोही अभियान सुरुभएपछि एकपछि अर्को फरार प्रतिवादी पक्राउ परिरहेका छन् । सोही क्रममा चितवन प्रहरीले फागुनमा मात्रै ३७ जनालाई नियन्त्रणमा लिएको छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९ ८० को आठ महिनामा २३७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरुबाट ४३ वर्ष ४ महिना २६ दिन कैद र ९२ लाख ८६ हजार २३९ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको थियो । ३७ जना प्रतिवादीबाट १७ वर्ष ६ महिना २ दिन कैद र १९ लाख ३१ हजार ८४५ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको थियो ।

चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले फरार प्रतिवादी पक्राउ, लागूऔषध कारोबार तथा सेवन नियन्त्रण, अपराध नियन्त्रणका लागि नियमित गस्ती तथा अनुगमनलाई प्राथमिकता दिइएको बताउनुभयोको छ् ।

प्रहरीले लाखौं मुल्य बराबरका कपडा बेवारिसे अवस्थामा फेला परेका छन् । चितवन प्रहरीले पूर्व–पश्चिम राजमार्गको भरतपुर–९ स्थित गोन्द्राङमा बेवारिसे अवस्थामा ती कपडा फेला पारेको हो । एसपी कार्कीका अनुसार ९ लाख ७८ हजार ४३० रूपैयाँ मूल्य बराबरको सो कपडा गोन्द्राङमा बेवारिस अवस्थामा रहेका थिए ।उनका अनुसार बेवारिसे अवस्थामा फेला परेका उक्त कपडा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय,पथलैयामा पठाइएको छ ।

यस्तै चितवन प्रहरीले जिल्लाका विभिन्न ठाउँमा सञ्चालित(म्याजिक गाडी)मा सिट क्षमता भन्दा बढि यात्रु ओसार पसार गरेको भन्ने गुनासाको आधारमा चेक जाँच गरी १ सय ९० थान यात्रु राख्ने मुढा नियन्त्रणमा लिएको छ । यात्रु क्षमता भन्दा बढि यात्रु ओसार पसार गर्दा दुर्घटना जोखिम उच्च भएको कारण प्रहरी ति साधनलाई चेक जाँच गरेको े चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर काकीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै