Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंबाट २ भारतीय महिला पक्राउ

१६ चैत , काठमाडौ । काठमाडौंबाट प्रहरीले झण्डै ८ किलोग्राम कोकिनसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ ।

काठमाडौंबाट नयाँदिल्ली जान लागेकी ४५ वर्षकी भल्लालामीलाई १४ चैतमा प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको हो । उनको साथबाट २ किलो ८८७ ग्राम कोकिन बरामद गरेको छ ।

त्यस्तै, ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीले १४ चैतमै भारतीय नागरिक २९ वर्षकी इस्टर लालिम्पुरीलाई ठमेलको एक होटलबाट ५ किलो कोकिनसहित पक्राउ गरेको जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरु दुबै जनाबाट बरामद भएको कोकिनको मूल्य १७ करोड, ३ लाख ५९ हजार २०० रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment