Comments Add Comment

Advertisment

SKIP THIS

ज्याला मजदुरमाथि ठेकेदारको अमानवीय व्यवहार : पोलमा बाँधेर कपाल मुण्डन

महोत्तरीको लोहारपट्टी नगरपालिकामा एकजना मजदुरमाथि अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।

काम गरेको ज्याला माग्दा लोहारपट्टी नगरपालिका–६ का निर्माण व्यवसायी कृष्ण मिश्रले स्थानीय मोबारक नदाफलाई दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको हो ।

गत २३ चैतको बिहान नदाफलाई ज्यालाका लागि बोलाएर चोरी गरेको भन्दै विद्युत् पोलमा पाता कसेर मिश्रले नदाफलाई अमानवीय व्यवहार गरेका थिए ।

अनुसन्धानका क्रममा व्यवसायी मिश्रले ती कर्मचारीको कपाल मुण्डन गर्नुका साथै मोसो दलेर दुर्व्यवहार गरेको पाइएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दीलिपकुमार गिरीले जानकारी दिए ।

‘मिश्रले उनको कपाल पनि मुण्डन गरेर मोसो दले । मान्छेहरूले त्यहाँ रमिता हेरेर बसेका थिए । प्रहरीलाई खबर पनि गरिएनछ । यो घटनाले उनलाई विक्षिप्त बनाइयो,’ डिएसपी गिरीले भने ।

घटनाको भोलिपल्ट सामाजिक सञ्जालमा भिडियो दखेपछि प्रहरीले मिश्रलाई नियन्त्रणमा लिएको छ । उनीविरुद्ध अमानवीय अपमानजनक व्यवहार कसुरमा मुद्दा चलाएको डिएसपी गिरीले बताए । अमानवीय व्यवहार गरिएका नदाफ मिश्रले पाएका ठेक्कामा मजदुरी गर्दै आएका थिए ।

रमजान मनाउन निर्माण व्यवसायी मिश्रसँग काम गरेको ज्याला मागेपछि नदिँदा उनले काम गर्दैगर्दा एउटा औजार लगेका थिए । औजार लिएर आएपछि पैसा दिने भन्दै गाउँमै रहेको शिव मन्दिरमा बोलाएर चोरीको आरोप लगाउँदै मिश्रले कुटेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै