Comments Add Comment

Advertisment

SKIP THIS

अमेरिका र कोरिया पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको आरोपमा पवन राणा पक्राउ

काठमाडौँ । अमेरिका र कोरिया पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ गरेका छन् । काठमाडौँ महानगर वडा नम्बर १४ स्थायी घर भई हाल बूढानीलकण्ठ बस्ने ४२ वर्षीय पवन राणा पक्राउ परेका हुन् । सयौँजना व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाईदिन सक्ने भन्दै उनले सयौँ व्यक्तिहरूलाई ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पिडितहरुबाट करोडौँ रकम लिई सम्पर्कविहीन भएपछिउनीविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । सोहीअनुसारमा विभागले कार्यालयमा पत्राचार गरेसँगै विशेष प्रहरी टोलीले राणालाई कपनबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको सूचना अधिकृत सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै