Comments Add Comment

Advertisment

SKIP THIS

रवि लामिछानेप्रति पौडेलको कटाक्ष– ‘स्टन्टबाजलाई हराएर सबक सिकाऔँ’

३ वैशाख ,काठमाडौ । नेपाली कांग्रेसका नेता विश्वनाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उप(निर्वाचनमा चितवन- २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवि लामिछानेलाई कटाक्ष गर्दै ‘स्टन्टबाज’को संज्ञा दिएका छन् ।

चितवनबासी जनताका समस्यालाई ‘स्टन्ट’ को विषय बनाउने गरेको भन्दै उनले त्यस्ता स्टन्टबाजलाई हराएर सबक सिकाउनुपर्ने बताए ।

पौडेलले वैशाख १० निर्वाचनमा रविलाई हराएर कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठलाई जिताउनुपर्ने बताएका हुन् । उनले भने, ‘जित नारायण स्टन्टबाज हैनन् । उनी अगाडि–पछाडि क्यामेरा लगाएर स्टन्ट गर्दैनन् । अँध्यारो कुनामा साइबर सेना राखेर आक्रमण पनि गर्दैनन्। चितवनमा यसपालि जनताको समस्यालाई ‘स्टन्ट’ को विषय बनाउनेहरूलाई हराएर सबक सिकाऔँ ।’

गत मंसिरको निर्वाचनमा क्षमताविहीन नयाँ अनुहारलाई जिताएर जनताले गल्ती गरेको उनको भनाइ थियो । साथै, गोजीमा नागरिकता पनि नभएका रवि लामिछानेले देश बनाउँछु भनेर गफ दिँदैमा जनता भुल्ने गरेको उनले बताए ।

उपनिर्वाचनका कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ चितवनकै स्थानीय भएको र जनताको सुख दुःखमा साथ दिएको हुनाले उनैलाई जिताउन समेत पौडेलले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै