Comments Add Comment

Advertisment

SKIP THIS

ओमन पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि भन्दै ओमन पुर्‍याएर मानवबेचबिखन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ईलाम फाकफोकथुम गाउँपालिका–६ घर भइ काठमाडौं गौरीघाट बस्ने ४० वर्षीय शुकराज लिम्बु र सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ घर भइ ललितपुर महानगरपालिका भैसेपाटी बस्ने ४५ वर्षीय विष्णु तामाङ रहेका छन् ।

उनीहरुले एक महिलालाई वैदेशिक रोजगारको लागि ओमनमा फ्रि भिषा फ्रि टिकटमा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारेका थिए । त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमन पुर्‍याएर ३५०० ओमनी रियलमा ओमनी घर मालिकलाई बिक्री गरेको खुलेको थियो।

ती मालिकले शारिरीक तथा मानसिक यातना दिई आफ्नो घर तथा अफिसको काममा लगाई राखेको अवस्थामा अचानक बेहोश भई पुनः कम्पनीमा फिर्ता गरेकोमा कम्पनीको मालिकले आफ्नो घर तथा अफिसको काममा लगाई राखेको अनुसन्धानबाट खुल्न आएको छ । पीडित नेपाली राजदुतावासको सहयोगमा नेपाल फर्किएका छन्।

उनीहरू उपर मानवबेचबिखन तथा ओसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै