Comments Add Comment

Advertisment

SKIP THIS

‘मह’ जोडीसँगको फिल्म सुरु गर्ने तयारीमा प्रदीप

३० कात्तिक, काठमाडौ । सफल फिल्म निर्देशनमा ह्याट्रिक गरेका प्रदीप भट्टराई फिल्म ‘जात्रै जात्रा’ पछि निर्देशनमा फर्किएका छैनन् ।

२०७६ सालमा उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) सँग सहकार्य गर्न लागेको नयाँ फिल्मको घोषणा गरिएको थियो । २०७७ सालको कात्तिक ७ गते (फूलपाती लाई प्रदर्शन मिति समेत तोकिएको थियो । तर, कोरोना महामारीका कारण फिल्म निर्माण हुन सकेन ।

अब भने निर्देशक भट्टराई उक्त फिल्मको काम सुरु गर्ने तयारीमा जुटेका छन् । आउँदो हप्ताभित्र फिल्मको औपचारिक निर्माण घोषणाको कार्यक्रम राखेर माघको अन्तिमबाट छायांकन सुरु हुनसक्ने उनले बताए । घोषणा सभामै नाम सार्वजनिक गरिने फिल्ममा मदनकृष्ण र हरिवंश मुख्य भूमिकामा रहनेछन् । फिल्ममा अहिलेका चल्तीका कलाकाहरुको पनि अभिनय रहने बताइएको छ ।

निर्देशक भट्टराई भन्छन्, ‘फिल्मको कथा नै युवापुस्तामाथि छ । त्यसैले फिल्ममा अहिलेका कलाकारहरुको पनि अभिनय रहन्छ । नाम भने घोषणा सभामा सार्वजनिक गर्ने तयारीमा छौं । फिल्मका लागि प्रायः सबै कलाकार फाइनल भइसकेका छन् ।’ उक्त फिल्ममा मह जोडीसँगै निर्देशक भट्टराई र निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँ निर्माताको रुपमा रहनेछन् ।

यसअघि प्रदीपले मह जोडीलाई फिल्म ‘शत्रु गते’ मा निर्देशन गरेका थिए । फिल्ममा आउनुअघि प्रदीपले मह सञ्चारमा लामो समय काम गरेका थिए । त्यहीँबाट निर्देशनको ज्ञान र अनुभव बटुलेका उनलाई पहिलो फिल्म ‘जात्रा’ ले निर्देशनमा स्थापित गरेको हो । उनी निर्देशित तीनै फिल्म बक्सअफिसमा सफल छन् । उनी आफूले निर्देशन गर्ने फिल्मको कथा आफैं लेख्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै