
१ मंसिर , काठमाडौ । प्रहरीले तिलोत्तमा नगरपालिका-१४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पेस्तोल लिएर हिँडिरहेको भन्ने सूचनाका आधारमा तिलोत्तमा नगरपालिका-१४ बिन्दुनगर बस्ने २८ वर्षीय सन्दिप थापालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








