Comments Add Comment

Advertisment

SKIP THIS

केरा खानुका फाइदा : राम्रो र पौष्टिक आहार स्वास्थ्यको लागि लाभदायक

५ जेठ , काठमाडौ । केरा सबैलाई मनपर्ने फल हो। राम्रो र पौष्टिक आहार स्वास्थ्यको लागि लाभदायक हुन्छ।

तौल बढाउन वा शरीर निर्माण गर्न चाहने दुब्ला पातला मानिसले केराको सेवन गर्नु निकै राम्रो हुन्छ। राम्रो व्यक्तित्व र बलियो मांसपेशीका लागि केरा खान सकिन्छ। शारीरिक तन्दुरुस्ती सन्तुलनका लागि पनि केरा लाभदायक मानिएको छ। केरामा प्रशस्त मात्रामा फाइबर पाइन्छ। केराको नियमित सेवनबाट स्वास्थ्यसम्बन्धी धेरै रोगबाट बच्न सकिन्छ। मुटुसम्बन्धी समस्यादेखि महिलाको महिनावारीको अनियमिता, छाती पोल्ने, कब्जियतलगायतका शरीरका अन्य स्वास्थ्यसम्बन्धित समस्या समाधानका लागि केरा निकै उपयोगि रहेको चिकित्सकको भनाइ छ।

केरा सेवनबाट तत्कालै ऊर्जा मिल्छ। केरामा पोटासियमको मात्रा धेरै हुन्छ र जसकारण रक्तचाप घटाउनका साथै शरीरमा तरल पदार्थको सन्तुलन नियन्त्रण गर्न सकिन्छ। केराले हड्डी बलियो बनाउन मद्दत गर्छ साथै केराको सेवनले डिप्रेसनबाट समेत मुक्त हुन सकिन्छ।

बुँदामा केराका फाइदा
केरामा भएको ’भिटामिन बी’ ले रगतमा ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ।
दैनिक खाली पेटमा केरा खाँदा दुब्लो पातलो ज्यानबाट मुक्तहुन सकिन्छ। नियमित रूपमा बिहान केरा खाने गर्दा दुब्लोपनको समस्या टाढा जान्छ र शरीरको तौल धेरै छिटो बढ्छ।
हरेक दिन बिहान खाली पेटमा केरा खाँदा अनुहारमा दाग आउने समस्या हट्न मद्दत पुग्छ। यसको सेवनले अनुहारको छालामा चाँडै चमक आउँछ।

गर्मी मौसममा शरीरको आँत शीतल पार्नका लागि पनि केराको सेवन निकै उपयोगी हुन्छ।
कब्जियतको समस्या भएमा केरा सेवन गर्दा यो समस्या विस्तारै हट्दै जान्छ।
गर्भावस्थामा वाकवाकी हुने, वान्ता हुने र चक्करजस्ता समस्याबाट बच्न केराको सेवन गर्नु राम्रो हुन्छ।
छाती पोलेको अवस्थामा केरा खाँदा तुरून्तै लाभ लिन सकिन्छ।
लामखुट्टेले टोकेर दुखेको, चिलाएको वा सुन्निएको ठाउँमा केराको बोक्राको भित्री भागले हल्का मालिस गर्दा दुखाइ कम हुन्छ।
बिहान खाली पेटमा केरा खाँदा पेटमा ग्यासको समस्या कम हुँदै जान्छ।
अनुहारको छालामा केराको गुदीमा मह, गुलाव जल र केही थोपा कागती मिसाएर बनाएको प्याक लगाउँदा छाला गोरो हुनुका साथै चम्किलो र सफा देखिन्छ।

केराको सेवन पेटको अल्सर तथा ग्यास्ट्राइटिसका रोगीका लागि फाइदाजनक हुन्छ।

कस्तो व्यक्तिले खानु हुँदैन केरा
पहिलादेखि नै मोटोपना भएका मानिसले केरा सेवन गर्नु हुँदैन। केराको सेवनले झनै मोटोपना बढाउन सक्छ। साथै जो मान्छेमा रुघाखोकी लागेको छ उनीहरुले पनि केरा खानु स्वास्थ्यका लागि राम्रो मानिदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment