Comments Add Comment

Advertisment

SKIP THIS

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी अभियुक्त लक्ष्मी महर्जन पक्राउ

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी अभियुक्त लक्ष्मी महर्जन पक्राउ परेकी छिन्।

शरणार्थी प्रकरणका लागि खटिएको प्रहरीको विशेष टोलीले उनलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर स्रोतले जनाएको छ। स्रोतका अनुसार उनलाई पक्राउ गरेर शुक्रबार नै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ।

महर्जन पक्राउ परेसँगै यो प्रकरणमा हालसम्म १७ पक्राउ परिसकेका छन्। यसमध्ये १६ जनाको बयानसमेत सकाएर ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्तासमेत भइसकेको छ। प्रहरीका अनुसार १३ जना अझै फरार छन्। महर्जन पक्राउ परेसँगै अब १३ जना फरार रहेको प्रहरीले जनाएको हो।

महर्जनलाई प्रकाउ टोलीले कहाँबाट पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। यस प्रकरणमा ठगीका क्रममा महर्जनको बैंक खाता प्रयोग भएको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै