Comments Add Comment

Advertisment

SKIP THIS

गणतन्त्र दिवसको दिन काभ्रे जिल्ला कारागारबाट चारजना कैदीलाई कैद मिनाहा

काठमाडौं : गणतन्त्र दिवसको अवसरमा काभ्रे जिल्ला कारागारबाट चारजना कैदीलाई कैद मिनाहा गरिएको छ।

५० प्रतिशत कैद भुक्तान गरेका विभिन्न मुद्दाका चार कैदीलाई आज गणतन्त्र दिवसका अवसरमा कारागार प्रमुख र प्रमुख जिल्ला अधिकारीले फूलमालासहित बिदा गरेका हुन्।

जिल्ला कारागार धुलिखेलको सिफारिसमा गृह मन्त्रालयले पठाएको पत्रअनुसार राष्ट्रपति कार्यालयबाट काभ्रे जिल्ला कारागरमा विभिन्न मुद्दामा कैद भोगिरहेका चारजनालाई १६औँ गणतन्त्र दिवसको अवसरमा कैद मिनाहा गरी रिहाइ गरिएको जिल्ला कारागार धुलिखेल काभ्रेका प्रमुख पर्शुराम थापाले जानकारी दिए।

कालोसूचीमा नरहेका मुद्दामा कैद भुक्तान गरिरहेकाहरूलाई जिल्लाले सिफारिस गरेको थापाले बताए। जिल्लाबाट चारजनाको सिफारिस भएकोमा चारजनाकै कैद मिनाहा भएर राष्ट्रपतिको कार्यालयमार्फत जिल्ला कारागारमा आइतबार बेलुका जानकारी आएको थापाले बताए।

जिल्ला कारागार काभ्रेबाट नमोबुद्ध नगरपालिका– १० का टाटे भन्ने नारायण तामा चोरी मुद्दामा, रोशी गाउँ पालिका– ६ को भीम विक डाँका चोरी मुद्दामा, रामेछाप उमाकुण्ड गाउँपालिका– १ का दोर्जे शेर्पा सवारी ज्यान मुद्दामा र पाँचखाल नगरपालिका– १ का बलराम भन्ने विशाल श्रेष्ठ सवारी ज्यान मुद्दामा कैद भोगिरहेका थिए । उनीहरू सबैले कम्तीमा ५० प्रतिशत कैद भोगिसकेको थापाले बताए।

भीम विकले डाँका चोरी मुद्दामा दुई वर्ष ६ महिना कैद भुक्तान गरेर बाँकी कैद मिनाहा भएको जिल्ला कारागार कार्यालयले जनाएको छ। बाँकी तीनजनामध्ये विशाल श्रेष्ठ एक वर्ष तीन महिना, नारायण लामा ६ महिना र दोर्जे शेर्पा दुई वर्ष कैद बसेर अरू कैद मिनाहा भएर छुटेको जिल्ला कारागार कार्यालयले जनाएको छ।

सरकारले वर्षमा तीनपटक कैद मिनाहा गर्दै आएकाे छ। जिल्ला कारागार काभ्रेका प्रमुख थापाका अनुसार संविधान दिवसको अवसरमा, गणतन्त्र दिवसको अवसरमा र प्रजातन्त्र दिवसको अवसरमा ५० प्रतिशत कैद भोगेका कैदीबन्दीलाई कैद मिनाहा गर्ने गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै