Comments Add Comment

Advertisment

SKIP THIS

पौडी खेल्ने क्रममा खोलामा डुबेर बाँकेमा दुईजनाको मृत्यु

३० जेठ , काठमाडौ । बाँकेको मान खोलामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका– ६, पुरैनानजिकैको खोलामा पौडी खेल्ने क्रममा दुईजनाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए ।

उनका अनुसार सोमबार दिउँसो सोही वडाका चारजना बालबालिका मान खोलामा पौडी खेल्न गएका थिए । तीमध्ये खजुरा गाउँपालिका– ६ की १८ वर्षीया लक्ष्मी डाँगी र नौ वर्षका किरण नेपालीको डुबेर मुत्यु भएको बेल्वासेले जानकारी दिए । डुबेर बेपत्ता भएको खबर पाउनेबित्तिकै घटनास्थल पुगेको प्रहरीले खोजी गर्दा लक्ष्मीको शव तत्कालै फेला परे पनि किरणको शव दिउँसो ३ बजे मात्र फेला परेको थियो ।

खोलामा पौडी खेल्न गएका अन्य दुईजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । खोलामा डुबेकाहरूको खोजी र उद्धारका लागि बज्रदल गण राँझा र सशस्त्र प्रहरी बिओपी बढैयाको टोली खटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment