काठमाडौं: चोरीको मोटरसाइकलसहित काठमाडौंको टोखा नगरपालिका–९ मनमैजुबाट १ जना पक्राउ परेका छन् ।
बाराको करैयामाई गाउँपालिका–५ घर भई हाल काठमाडौंको नवजागरण टोल बस्दै आएका ३० वर्षीय रामकिशोर सहनीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौंको तार्केश्वर नगरपालिका–२ बस्ने गजेन्द्र लामा तामाङले गत बैशाख २६ गते ललितपुरको पाटन अस्पताल अगाडीको पार्किङ स्थलबाट बागमती प्रदेश–०२–०४० प १८२६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०२२ प ३३४७ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता ईकाइबाट खटिएको टोलीले सहनीलाई मोटरसाइकलसहित फेला पारी मनमैजुबाट दिउँसो नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका सहनीलाई थप अनुसन्धान तथा कारबाहीका लागी जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर पठाइएको छ ।


