६ असार ,काठमाडौ । काठमाडौँ महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम ल्याएको हो ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरका मेयर बालेन शाहले नयाँ रोजगारीको सिर्जना, स्थानीय उत्पादन, पेय पदार्थ तथा परम्परागत वस्तुहरूको ब्रान्डिङ गरी निर्यात गर्नेसहित योजना अघि सारेको बताए । यस्तै नीति तथा कार्यक्रममा १० वटा गौरवका योजना समेटिएका छन् ।





