Comments Add Comment

Advertisment

SKIP THIS

इटहरीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु, स्थानीय र प्रहरीबीच झडप

१९ असार , काठमाडौ । इटहरीको मुख्य चोकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मंगलबार दिउँसो करिब ३ बजे ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको हो।

मृत महिलाको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। ठक्करपश्चात इटहरी चोकमा स्थानीयले नाराबाजी गरिरहेका छन्। आक्रोशित भिडलाई नियन्त्रण गर्न प्रहरीले निरन्तर अश्रुग्यास प्रहार गरिरहेको छ भने स्थानीयले ढुंगामुढा प्रहार गरिरहेका छन्।

स्थिति नियन्त्रणमा लिन प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। सवारी आवतजावत ठप्प छन् भने तनावग्रस्त क्षेत्रका पसल व्यवसायसमेत बन्द भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment