२० असार , काठमाडौ । पछिल्लो नेपाली सांगितिक बजार संगितमय बन्दै गएको छ ।
गीत संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै बिच प्रेमलाई समेटेर विभिन्न गीत संगीत सार्वजनिक हुने गरेका छन । विभिन्न गीत सार्वजनिक हुने क्रममा गायक कर्णराज गिरी र शर्मिला फुँयालको सुमधुर आवाजमा “कुन तार मिलेन” बोलको गीत सोमबार सार्वजनिक भएको छ।
उक्त गीतमा प्रेमिल जोडिका विषयमा उत्कृष्ट शब्द भरिएका छन । गीतमा शर्मिला फुँयालको संगीत रहेको छ भने शर्मिला सन्ध्याको उत्कृष्ट शब्द सिर्जनामा रहेको छ । गीतमा प्रेम कहानीलाइ बिशेष जोड दिईएको छ। एक प्रेमी र प्रेमिकाको कथालाई प्रमुख भूमिकामा राख्दै बजारमा ल्याइएको गीतमा निर्देशन भने बिक्रम चौहानले गरेका हुन् ।
सुधिर श्रेष्ठ, उषा उप्रेती, कर्ण राज गिरी र शर्मिला फुँयालको दमदार अभिनय रहेको म्युजिक भिडियो अहिले OSR Digital युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । भिडियो उत्कृष्ट बनेको कलाकार टिमले जानकारी दिएका छन। (भिडियोमा)


