Comments Add Comment

Advertisment

SKIP THIS

बाँके कारागारमा नीरज गुप्ताले बिहीवार बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरे

बाँके । बाँकेको नेपालगञ्जस्थित कारागारमा एकजना कैदी झुण्डिएको अवस्थामा भेटिएका छन् ।

जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले बिहीवार बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायका अनुसार मृतक गुप्ता ३ वर्षदेखि कैद सजाय भोग्दै आएका थिए ।

घटनाबारे मृतकका परिवार र आफन्तलाई खबर गरिएको र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै