Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेबाट आज पनि राष्ट्रियसभा बैठक अवरुद्ध

२२ असार , काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

बैठक सुरु हुनासाथ समय लिएर बोल्दै राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले प्रधानमन्त्रीले आत्मसमर्पणवादी अभिव्यक्ति दिएका पदमा बसिरहने अधिकार गुमाएको बताउँदै राजीनामा माग गरिन् ।

प्रधानमन्त्री दाहालले गत सोमबार आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए।

उनले भनिन्, ‘कहिल्यै कसैको उपनिवेश नभएको हाम्रो मुलुकमा देशकै सम्मानित पदमा रहेका प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ। प्रधानमन्त्री ज्यूले आफ्नै पदको निम्ति आत्मसमर्पण गर्नुभयो। प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार गुमाइसक्नुभएको छ। प्रधानमन्त्रीको राजीनामा नआएसम्म आजको कार्यसूची फेरि पनि अगाडि बढ्न सक्दैन।’

बारम्बार एमाले सांसदहरूलाई बस्न आग्रह गर्दा पनि उठेर विरोध जनाइरहँदा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिने वातावरण बनाउन आग्रह गरेका थिए ।

अध्यक्ष तिमिल्सिनाले संसदमा अवरोध जारी रहँदा बजेटमाथिको छलफललाई निष्कर्षमा पुर्याउन नसक्ने र १५ दिनपछि स्वतः प्रतिनिधिसभामा जाँदा राष्ट्रियसभाको भूमिका न्यून हुन जाने स्मरण गराएका थिए ।

तर, अध्यक्षको आग्रहलाई वेवास्ता गर्दै एमाले सांसदहरुले उभिएर विरोध जनाइरहेपछि अध्यक्ष तिमिल्सिनाले आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्ने गरी बैठक स्थगित भएको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment