२५ असार , काठमाडौ । चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गतेदेखि सुरु भएको छ। सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ।
चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चांग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ। समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा देवमणि भट्टराईका अनुसार गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको छ।
साउने सोमबारको व्रत सुरु भएसँगै पशुपतिमा भक्तजनहरू बिहानैदेखि लाइनमा छन्।


