Comments Add Comment

Advertisment

SKIP THIS

एसीसी इमर्जिङ कप : आज नेपालले युएईसँग खेल्ने

३ साउन , काठमाडौ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपालले संयुक्त अरब इमिरेट्स ९युएई० सँग खेल्दैछ ।

कोलम्बोस्थित पिसारा ओभल खेल मैदानमा नेपाली समयअनुसार बिहान सवा १० बजे सुरु हुने आफ्नो अन्तिम खेलमा नेपाल जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ ।

समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरिसकेकाले आजको खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।

नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए र दोस्रो खेलमा भारत ए सँग पराजित भएको थियो । यस्तै युएई पनि भारत र पाकिस्तानसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

भुटानविरुद्ध नेपाल ३ विकेटले विजयी

मेरो देश नेपाल