२४ साउन ,काठमाडौ । पाकिस्तानी क्रिकेट बोर्डले एसिया कप र त्यसअघि अफगानस्तानसँग हुने ३ खेलको एकदिवसीय शृंखलाका लागि टोलीको घोषणा गरेको छ ।
पीसीबीले बाबर आजमको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो । अगष्ट ३० बाट सुरु हुने एसिया कपको तयारीका क्रममा पाकिस्तानले अफगानस्तानसँग श्रीलंकामा ३ खेलको एकदिवसीय शृंखला खेल्न लागेको हो ।
पाकिस्तान र अफगानिस्तानले अगष्ट २२, २४ र २६ मा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका छ । पाकिस्तानले एसिया कपमा पहिलो खेल अगष्ट ३० मा आफ्नै घरेलु मैदानमा नेपालसँग खेल्नेछ ।
पाकिस्तानको टोली स् बाबर आजम (कप्तान), सदाब खान उपकप्तान०, अब्दुल्लाह सफिक, फहिम अस्रार्फ, फकार जमान, हरिश रार्फ, इफ्तिकार अहमद, इमाल उल हक, मोहम्मद हरिश, मोहम्मद नवाज, मोहम्मद रिज्वान, मोहम्मद वासिम९जुनियर०, नजिम शाह, सल्मान अलि अगाह, साउद सकिल, शाहिन अफ्रिदी, तयाब ताहिर र उस्मा मिर ।


