Comments Add Comment

Advertisment

SKIP THIS

रोनाल्डोको निर्णायक गोलमा अल–नासर फाइनलमा

२५ साउन ,काठमाडौ । क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलको मद्दतले अल–सोर्टालाई हराउँदै अल–नासर अर क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

पोर्चुगिज सुपरस्टारले खेलको ७५ औँ मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेपछि अल–नासर १–० गोलले विजयी बनेको हो । साडियो मानेलाई पेनाल्टी बक्समा लडाएपछि अल–नासरले खेलमा पेनाल्टी पाएको थियो ।

रोनाल्डोले यो सिजन उत्कृष्ट सुरुवात गरेका छन् । उनले क्लबका लागि पछिल्ला चार खेलमा चार गोल गरेका छन् ।

अब रोनाल्डोको टोलीले अल–हिलाल र अल–सबाबबीचको विजेतासँग शनिबार हुने फाइनल खेलमा सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment