Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी श्रीमती संघको ३९ औँ वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं : नेपाल प्रहरी श्रीमती संघको ३९ औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमतीसंघको आयोजनामा नेपाल प्रहरी श्रीमती संघको कार्यालय भृकुटीमण्डप पुलिस हेल्थ क्लब भित्र खुल्ला रक्तदान कार्यक्रमको सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरीका प्रहरी प्रमुख आईजीपी बसन्त कुँवर र नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधिले संयुक्त रुपमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरलाई रक्तझोला हस्तान्तरण गरी कार्यक्रमको उद्‍घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी आईजीपी बसन्त कुँवरले उक्त कार्यक्रममा सहभागी भई नेपाल प्रहरी श्रीमती संघको पुण्य रक्तदान कार्यक्रमलाई सफलता प्रदान गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै