Comments Add Comment

Advertisment

SKIP THIS

झूटो खबर फैलाउनेमाथि कारबाही माग गर्दै गायिका समीक्षाले दिइन् साइबर अपराधको जाहेरी

१० भदौ ,काठमाडौ । झूटो खबर फैलाउनेलाई कारबाहीको माग गर्दै गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएकी छन् ।

समीक्षाले आइतबार जिल्ला प्रहरी कार्यालय कास्की पुगेर आफ्नो विषयमा नराम्रो कुरा लेखी समाचार सम्प्रेषण गर्नेहरुको खोजतलास गरी कारबाहीको माग गर्दै निवेदन दिएकी हुन् ।

‘विभिन्न अतिरञ्जित कुराहरु लेखी हुँदै नभएका कुराहरु, विनाप्रमाण, विभिन्न समाचारहरु प्रेषित गरी फेसबुक पेजबाट मेरो इज्जत, प्रतिष्ठामाथि आँच आउने कार्य गरी समाचार लेखी पोष्ट गरेका व्यक्तिहरु खोजतलास गरी कानूनी कारबाही गरी पाउँ र उक्त आईडीहरु बन्द गराइ पाउँ भनी श्रीमानसमक्ष यो निवेदन लेखी पेश गरेको छु’, उनले दिएको निवेदनमा भनिएको छ ।

उनले केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अष्ट्रेलियाको भिसामा भएको ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा ‘मलाई अष्ट्रेलियाले ब्ल्याकलिष्टमा राखेको’ भन्ने झूटो खबर फैलाइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment