Comments Add Comment

Advertisment

SKIP THIS

उदयपुरको ज्यामिरेमा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक बस्नेतको मृत्यु

उदयपुर । ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । उदयपुरमा बुधबार श्रीकुमार बस्नेतको मृत्यु भएको छ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा बुधबार दिउँसो १ः३० बजे बेलका नगरपालिका–२ भागलपुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

 

प्रहरी सहायक निरीक्षक बस्नेत जिल्ला प्रहरी कार्यालयको प्रत्येक महिनामा हुने नियमित छलफलमा भाग लिई आफ्नो प्रहरी चौकी भागलपुरतर्फ फर्किँदै गर्दा ट्रकले उनी सवार मोटरसाइकललाई दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । चौदण्डीको बेल्टारबाट आउँदै गरेको ना४ख ६१८३ नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते बस्नेतलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर पुर्‍याइएको थियो । तर उपचार सुरू गर्नुअघि नै चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।

ट्रक चालक विशाल परियार र ट्रक इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा रहेको छ । पक्राउ परेका परियारमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै