Comments Add Comment

Advertisment

SKIP THIS

हेटौँडाबाट अवैध लागूऔषध चरेशसहित माछा पसल सञ्चालक उमेश साह पक्राउ

मकवानपुर । हेटौँडाबाट अवैध लागूऔषध चरेशसहित एक व्यापारी पक्राउ परेका छन् । सोमबार हेटौँडा उपमहानगरपालिका–१० बसपार्कस्थित उमेश माछा पसलका सञ्चालक उमेश साहलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो ।

धनुषाको कमला नगरपालिका–८ का स्थायी बासिन्दा २६ वर्षीय साहलाई २ सय १३ ग्राम चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो माछा पसलमा लागुऔषध बिक्री बितरण भइरहेको भन्ने खबर प्राप्त भएपछि प्रहरीले छापा मारेको थियो । पक्राउ परेका साहमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै