२२ असोज , काठमाडौ । इजरायलमा हमास विद्रोही समूहको आक्रमण जारी छ । बीबीसीका अनुसार यस हमलामा हालसम्म २ सय ३० भन्दा बढीको मृत्यु भइसकेको छ भने १ हजार ७०० भन्दा बढी घाइते भएका छन् ।
आक्रमणपछि तीन नेपाली सम्पर्कविहीन भएका छन् । घटनामा ९ नेपाली घाइते भएका छन् । जसमध्य दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
इजरायलले पनि जवाफी हमला सुरु गरिसकेको जनाएको छ । इजरायली सेना,आइडीएफले गाजा क्षेत्रका बासिन्दालाई घर छाड्न आग्रह गरेको छ ।







