Comments Add Comment

Advertisment

SKIP THIS

नेपालका लागि अर्को दुःखद खबर : रोजगारी गर्न सिक्किम पुगेका १० जना नेपाली बेपत्ता

२२ असोज , काठमाडौ । भारतको सिक्किममा १० जना नेपाली बेपत्ता भएका छन् । यही असोज १६ देखि उनीहरू बेपत्ता भएका हुन् ।

उनीहरू सबै इलाम नगरपालिका–९ का रहेको बताइएको छ । उनीहरूलाई यही असोज १७ गते टिस्टा नदीमा आएको बाढीले बगाएको हुन सक्ने स्थानीय विक्रमबाबु फियाकले आशंका गरे ।

बेपत्ता हुनेमा इलाम नगरपालिका–९ का सेनबहादुर कार्की (सानु), लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत र कुमार बस्नेतलगायत १० जना रहेका छन् ।

यी १० जना रोजगारीका लागि सिक्किम पुगेका नेपाली रहेको बताइएको छ । इजरायलमा १० विद्यार्थीको मृत्यु र त्यहाँ फसेका विद्यार्थीको उद्धारको प्रयास भइरहँदा इलामका १० स्थानीय भारतको सिक्किममा बेपत्ता भएको अर्को दुःखद खबर सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment