Comments Add Comment

Advertisment

SKIP THIS

डिउटी गरिरहेकै बेला एक्कासी ढलेर प्रहरी वरिष्ठ हबल्दार कार्कीको निधन

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत प्रहरी वरिष्ठ हबल्दार नारायणबहादुर कार्कीको निधन भएको छ ।

काठमाडौं प्रहरीका अनुसार कर्तब्य पालनको सिलसिलामा कार्कीको असामयिक निधन भएको हो । कार्कीको निधनबाट समस्त परिवारजन, जिल्ला प्रहरी परिसर, काठमाडौं मर्माहित एवम् स्तब्ध भएको शोक वक्तव्यमा उल्लेख छ ।

जिल्ला प्रहरी परसर, काठमाडौंको कार्यक्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका कार्की एक ईमान्दार, कर्तव्यनिष्ठ एवम् कुशल प्रहरी कर्मचारी रहेको जनाइएको छ ।

शनिबार प्रहरी वरिष्ठ हवल्दार कार्कीको पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिएको छ । त्यस क्रममा कार्कीलाई नेपाल प्रहरीको टोलीले सम्मान गर्नुका साथै शवमा नेपाल प्रहरीको झण्डा समेत ओढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै