Comments Add Comment

Advertisment

SKIP THIS

बर्दियामा धारिलो हतियारले हानि हत्या, घटनामा संलग्न ८ जनालाई प्रहरीले पक्राउ

काठमाडौं: बर्दियामा एक युवकको हत्या भएको घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

लक्ष्मी पूजाको राति गुलरिया नगरपालिका-६ का २३ वर्षीय वरुण घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।

उक्त घटनामा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरिएको बर्दियाका एसपी सुधिरराज शाहीले जानकारी दिए। घटनामा संलग्न ३ जना अझै फरार रहेको र उनीहरूको खोजी भइरहेको उनले जानकारी दिए।

प्रहरीले पक्राउ पर्नेको नाम भने गोप्य राखेको छ।

घटनाबारे अनुसन्धान भइरहेकोले पक्राउ पर्नेहरूको नाम सार्वजनिक गरिएको छैन। एसपी शाहीका अनुसार पुरानो रिसिइबीका कारण घिमिरेको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

‘पुरानो रिसिइबी भएकाले सामान्य कुरामा पनि विवाद र भनाभन हुँदा घिमिरेको हत्या भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ,’ एसपी शाहीले भने ।

लक्ष्मी पूजाको दिन मध्य राति गुलरिया – ५ स्थित जुस कारखाना नजिकै एक समूहले खुकुरी लगायत धारिलो हतियार प्रहार गरी घिमिरेको हत्या भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै