Comments Add Comment

Advertisment

SKIP THIS

बसन्त थापाको ‘सालको पात उडायो बतासैले’ सार्वजनिक

१ असोज ,काठमाडौ । नेपालमा दैनिक औसतमा पाँचवटा म्युजिक भिडियोहरु सार्वजनिक हुन्छन् ।

यसरी हेर्दा सातामा ३ दर्जन बढी म्युजिक भिडियोहरु युट्युबमा आउँछन् । गत शुक्रबारदेखि हिजो बिहीबारसम्म पनि सोही संख्यामा गीतका म्युजिक भिडियोहरु सार्वजनिक भए । त्यसमध्ये केही गीतले चर्चा समेत कमाए ।

धेरै गीतहरुलाई युट्युबमा भ्यूजकै खडेरी देखियो । दशैं क्रमशः नजिकिँदै गएसँगै पछिल्लो साता केही दशैं तिहार गीतहरु समेत सार्वजनिक भएका छन् । यद्यपी ति गीतहरुलाई पनि भ्यूजको खडेरी देखिएको छ । गत शुक्रबारदेखि हिजो बिहीबारसम्म सार्वजनिक भएका थुप्रैमध्ये १० गीत यसप्रकार छन् ।

बसन्त थापाको ‘सालको पात उडायो बतासैले’ यो गीत गत शुक्रबार सार्वजनिक गरिएको हो । रमेश परियारको शब्द, संगीत रहेको गीतमा बसन्त थापा र अमृता नेपालीले स्वर भरेका छन् । विश्वास नेपाल यस गीतका म्युजिक एरेन्जर हुन् ।

दुर्गेश थापा र गीता ढुंगानाको अभिनय रहेको गीतको भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी एवं निर्देशन गरेका हुन् । भिडियोमा अजय रेग्मीको छायाँकन, पदम सुवेदीको सम्पादन छ । यसको अडियो, भिडियो दुबैलाई स्रोता एवं दर्शकले मन पराएका छन् । ‘बसन्त थापा’ युट्युब च्यानलमा सार्वजनिक भिडियोले एक सातामा ७ लाख १९ हजार बढी भ्यूज बटुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment