Comments Add Comment

Advertisment

SKIP THIS

सुनको मूल्य तोलामा १ लाख १७ हजार ७ सय रुपैयाँ पुग्यो

११ मंसिर , काठमाडौ । नेपाली बजारमा सुनको मूल्य १ लाख १७ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्दै १ लाख १७ हजार ७ सय रुपैयाँ पुगेको हो ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

आज सुनको मूल्य

सुनको मूल्य बढ्यो