Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता थप्ने तयारी

१० जेठ काठमाडौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी गरिएको छ ।

कोरोना भाइरस संक्रमण दर स्थिर रहेकाले पुनः एक साता निषेधाज्ञा थप्ने तयारी भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

सर्वसाधारणको आवतजावत घट्न नसक्दा संक्रमण दर स्थिर रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईको तर्क छ ।

निषेधाज्ञा थप्नका लागि मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने छ । भोलिको बैठकले निषेधाज्ञा थप्नेसहित अन्य केही थप आदेशहरु जारी गर्ने बताइएको छ ।

सरकारले गतसाता ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको पनि प्रभावकारी कार्यान्वयन गर्न निषेधाज्ञालाई कडाइका साथ थप्ने तयारी भएको हो । अहिले जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै