Comments Add Comment

Advertisment

SKIP THIS

इटहरीमा हात्तीले कुल्चेर एक जनाको ज्यान गयो

१४ मंसिर , काठमाडौ । इटहरीमा जङगली हात्तीले कुल्चेर एक युवकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्बा चोकका रविन खडकाको मृत्यु भएको हो ।

उनलाई बुधवार राति करिब साढे ९ बजेतिर बुढासुब्बा चोक क्षेत्रमै जंगली हात्तीले आक्रमण गरेको थियो । हात्ती धपाउन ठूलो भीड जम्मा भएका स्थानीयले हात्ती धपाउने क्रममा खड्कामाथि हात्तीले कुल्चेको कुल्चेको प्रत्यक्षदर्शीले बताएका छन् ।

स्थानीय रोशन अधिकारीका अनुसार दैनिक २६ वटाको संख्यामा हात्ती आउने गरेको छ ।

‘साँझ साढे ५ बजेदेखि नै हात्तीको समूह आउँछ । सुरक्षाकर्मी र प्रशासनको साथ आवश्यक छ,’ उनले भने, ‘विज्ञको सल्लाहअनुसार हात्ती खेदाउन प्रशासनले सहज बनाइदिनुपर्‍यो । यो जाडो मौसममा त रातभरि बस्दा दाउराको जोहो गर्न पनि समस्या छ ।’

आफूहरूले हरेक वर्ष हात्ती धपाउन रातभर जाग्राम बस्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

करेन्ट लागेर एक युवकको मृत्यु

कारको ठक्करबाट एक युवकको मृत्यु

सवारी दुर्घटनामा एक युवकको मृत्यु