Comments Add Comment

Advertisment

SKIP THIS

जियोल्याण्ड ट्राभल्सको युजर आइडी ह्याक गरेर जजिरा र एयर अरेबियाको टिकट चोरी गर्ने पक्राउ

काठमाडौँ । जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मर्स्याङ्दी ट्राभल्सका सञ्चालक हरि प्रसाद सुवेदी छन् ।

पर्वत घर भएका ४७ वर्षीय सुवेदीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एकजना अधिकृतले बताए ।

यसअघि मङ्सिर ६ मा ब्युरोले सामाखुसी स्थित मर्स्याङ्दी ट्राभल्सका म्यानेजर नारायण सुवेदीलाई पक्राउ गरेको थियो । आरोपीहरूले बालुवाटार स्थित जियोल्याण्ड ट्राभल्स एण्ड टुर्स प्रा.लिको युजर आइडी ह्याक गरेर जजिरा र एयर अरेबियाको टिकट चोरी गरेको आरोप छ । भारतीय नागरिकको सहयोगमा आरोपीहरूले टिकट चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

ह्याकरहरुले पटक–पटक गरेर १ करोड ९९ लाख ८२ हजार बराबरको टिकट चोरी गरेको ब्युरेले गरेको अनुसन्धानबाट थाहा भएको छ । अहिलेसम्म ३३७ जना नेपाली र विदेशी नागरिकको नाममा अवैध तरिकाले टिकट चोरी गरेको भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै