Comments Add Comment

Advertisment

SKIP THIS

यू १९ एसिया कपः पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

२२ मंसिर , काठमाडौ । यूएईमा सुरु भएको यू- १९ एसिया कप अन्तरगत पहिलो म्याचमा नेपालले पाकिस्तानको सामना गरिरहेको छ । पाकिस्तानले टस जितेर नेपाललाई पहिलो ब्याटिङको निम्तो दियो ।

नेपालले पहिलो विकेट सस्तैमा गुमाएको छ । ओपनरका रुपमा आएका तिलक भण्डारी ९ बलमा ७ रन बनाएर आउट भएका छन् । उनलाई अमिर हसनले विकेटकिपरको हातबाट क्याच गराए । अहिले क्रिजमा अर्जुन कुमाल र आकाश त्रिपाठी छन् ।

आठ वटा देश सहभागी यू १९ एसिया कपमा नेपालको समूह ए मा छ । नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment