Comments Add Comment

Advertisment

SKIP THIS

नाबालिकालाई दुर्व्यवहार गर्ने अहमदलाई प्रहरीले दुबईबाट पक्राउ गरी काठमाडौं ल्यायो

काठमाडौं: नाबालिकालाई अनलाइन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुबईबाट एक जनालाई पक्राउ गरेको छ।

साइबर ब्युरोले इन्टरपोलको सहयोगमा रेड कर्नर नोटिस जारी गरी एक जना पुरूषलाई दुबईबाट पक्राउ गरी काठमाडौं ल्याएको एसपी पशुपतिकुमार रायले जानकारी दिए।

पक्राउ पर्नेमा प्युठान सरूमारानी गाउँपालिका वडा नम्बर १का ३३ वर्षीय सगीर अहमद छन्।

उनले नाबालिकालाई फेसबुकमार्फत चिनजान गरी ग्रुमिङ गराएको आरोप छ। ग्रुमिङ भनेको अनलाइन उत्पीडनका लागि बालिकालाई विभिन्न तरिका अपनाएर तयार बनाउनु हो।

त्यसरी ग्रुमिङ गराइ जबरजस्ती अश्लिल क्रियाकलाप गर्न लगाएर बारम्बार दु:ख, हैरानी तथा मानसिक यातना दिएको प्रहरीले जनाएको छ।

यसरी यतना दिएको अभिभावकले थाहा पाएपछि परिवारले साइबर ब्युरोमा उजुरी दिएका थिए।

त्यसमाथि ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गरी २०७९ माघ २५ गते अदालतमा मुद्दा दर्ता भएको थियो।

तर उनी वैदेशिक रोजगारीका लागि दुबईमा रहेको खुलेपछि प्रहरीले इन्टरपोलको सहयोग लिएको हो। उक्त सहयोगमार्फत प्रहरीले उनलाई पक्राउ गरी काठमाडौं ल्याएको हो।

उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै