Comments Add Comment

Advertisment

SKIP THIS

बालिकालाई बलात्कार गरेको आरोपमा मोरङबाट प्रहरीले घरबेटीलाई पक्राउ

विराटनगर । बालिकालाई बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

अभिभावकसँग डेरा गरी बस्ने १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगरलाई पक्राउ गरेको हो ।

मगर घरबेटी हुन्। धनकुटा घर भएकी बालिकाका हजुरबुबा र हजुरआमासँग मगरको घरमा डेरा बस्दै आएकी थिइन् ।

डेरा बस्दै आएकी बालिकालाई मगरले पटकपटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कसैलाई भने कुटपिट गर्ने धम्की दिएर मगरले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको मोरङ प्रहरीले जनाएको छ।

बालिकालाई जवरजस्ती लिएर जान खोज्दा बालिकाकी हजुरआमाले बुधबार दिउँसो देखेपछि घटना बाहिर आएको थियो ।

त्यसपछि सोधीखोजी गर्दा मंगलबार र त्यसअघि पनि पटकपटक बलात्कार भएको खुलेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै