Comments Add Comment

Advertisment

SKIP THIS

भारतबाट फिल्मको लागी अडिसन लिन काठमाडौँ आएको नाटक गरी युवतीलाई बलात्कार

काठमाडौँ । भारतको जोगवनी घर भएका रवि कुमार । अहिले उनी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् ।

रवि कुमारले काठमाडौँको एम्बास्डर होटलमा युवतीलाई बलात्कार गरेको आरोप छ । बलात्कार आरोपमा उनलाई विराटनगरबाट पक्राउ गरेर काठमाडौँ ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए ।

रवि कुमारको ‘अपराध प्रकृति’ फरक खालको छ । विद्युतीय माध्यमबाट ब्ल्याकमेलिङ गरेर उनले यौन शोषण गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । आरोपीले भारतको जोगवनीबाट बिराटनगर हुँदै काठमाडौँ आउजाउ गर्ने खर्च पीडितसँग नै असुल्ने गरेका अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए ।

मंसिर २८ मा उनले पीडितलाई लाजिम्पाट स्थित एम्बास्डर होटलमा बोलाएर बलात्कार गरेका हुन् । पीडितले उनीविरुद्ध कालीमाटी स्थित महिला सेलमा उजुरी दर्ता गराएकी छिन् ।

‘अफेयर’को नाटक मञ्चन गरेका रवि कुमारले फिल्मको लागी अडिसन लिन काठमाडौँ आएको पीडितलाई बताएका छन् । साउथ इन्डियन मुभिमा पनि अभिनय गरेका २५ वर्षीय रवि कुमारले पीडितलाई एम्बास्डर होटलमा बोलाए । मंसिर २८ मा बलात्कार गरेर उनी २९ मा बिराटनगर फर्किए । विराटनगर फर्किँदा उनले पीडितलाई नै टिकट काट्न लगाए । बलात्कारपछि उनले ‘अफेयर’लाई बेवास्ता गरेर ब्ल्याकमेल गर्न थालेपछि पीडितले प्रहरीमा जाहेरी दिएकी हुन् ।

काठमाडौँमा बलात्कार गरेर भारत गएका रवि कुमारले अश्लील भिडियो बनाएर पीडितहरुलाई विराटनगरमा बोलाएर समेत यौन शोषण गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उपत्यका प्रहरी कार्यालबाट डिएसपीको नेतृत्वमा खटिएको टोलीले रवि कुमारलाई विराटनगरबाट पक्राउ गरेर काठमाडौँ ल्याएको छ ।

रवि कुमारले अहिलेसम्म ३ जनालाई बलात्कार गरेको उजुरी जिल्ला प्रहरी परिसर काठमाडौँ र कालीमाटी महिला सेलमा दर्ता भएको छ । अश्लील भिडियोमा फोटो जोडेर पीडितलाई पठाउने र सो भिडियो आफन्तलाई पठाउँछु भनेर उनले ब्ल्याकमेल गर्ने गरेको पीडितहरुले प्रहरीलाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै