Comments Add Comment

Advertisment

SKIP THIS

गायक मानबहादुर तामाङ र एलिना रायमाझीको ”अन्तिम सन्देश” सार्वजनिक

४ जेठ, काठमाडौ । गायक मानबहादुर तामाङ र एलिना रायमाझीको ”अन्तिम सन्देश” सार्वजनिक भएको छ ।

उक्त गितमा ससारका सबै आमाहरुलाई समेट्दै यो गीत तयार भएको छ । संसारमा सबैभन्दा ठूलो भनेर कसैले सोधे मात्र भने पहिले हाम्रो मुखबाट आमा शव्द आउछ तेसैले त आमा सबै मनिसको जीवन हो । ससारका हर आमाहरु अन्तिम साससम्म सन्तानको खुशीको लागि लडिरहने आमाको महिमा वर्णन गरि साध्य छैन । आफ्नो दुस्खमा मात्र नभई सुखको बेला पनि आमालाई माया गरि सम्झनुपर्छ भन्ने मूल सन्देश बोकेको मानबहादुर तामाङको गीत ‘अन्तिम सन्देश’ सार्वजनिक भएको छ ।

सन्देश मुलक गीतलाई तामाङले आफ्नै युट्युब मन खुशी च्यानलबाट सार्वजनिक भएको ‘ अन्तिम सन्देश’ गीति भिडियोमा अहिलेका कोभिड १९ को विषम परिवेशमा आमा र सन्तानको मायालाई समेत उजागर गर्न खोजिएको छ ।

पाखुरिमा बल हुन्जेल, गोजीमा दाम रहुनजेल आमालाई बिर्सने र बिरामी भई आफुलाई गाह्रो हुदा, सासै फेर्न गाह्रो भई आफ्नो ज्यान प्यारो लागि आमालाई सम्झने स्वार्थी छोराको कथालाई गितमा उठाइएको छ । भिडियोमा अशोक कुमार सापकोटा, पवित्र काफ्ले ,सिरंन मोक्तन , देवकी अभिलाषी ,सुफ़िस मदन ,सावित्री श्रेष्ठ र मान बहादुर तामाङकोले संयुक्त शब्द रहेको गीतमा तामाङलाई गायिका लक्ष्मि स्याङतानले स्वरमा साथ दिएकी छिन् । संगीत गायक तामाङको रहेको छ।

अन्तिम सन्देश’ भिडियोमा गायक तामाङको साथमा एलिना रायमाझी, कृष्ण खड्का, जिस्ना चौधरी अभिनय रहेको छ। निकै नै मार्मिक गीतलाई आमाको मुख हेर्ने दिन मातातिर्थ औंशीको अवसरमा सार्वजनिक गरिएको हो । कहिले कहि आमा खुशी नभएको बेलामा आमाले भनेको यादलाई आधार मानेर, यसैलाइ सम्झेर गीत तयार पारिएको गायक तामाङ बताउँछन् ।

यो गीत सबै सामु राखेको हु। तामाङले यो गित सुनेर सबै सन्तानले आमालाई धेरै माया गरोस् भन्ने अपेक्षा लिएको बताए । आमालाई खुशी बनाउन गित श्रृजना गरेको बताउने तामाङ गीतलाई सबैले माया गर्नेछ भन्ने पुर्ण बिस्वास लिएको बताउँछन् । भिडियो छायांकन दिनेश मुस्कानले गरेका छन् भने दिनेश तामाङले भिडियो निर्देशन गरेका छ् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै