Comments Add Comment

Advertisment

SKIP THIS

विमानस्थलमा लात्ती खाने असई निलम्बन, लात्ती हान्ने अधिकृत विभागीय कारबाहीको सिफारिस

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका अधिकृत छाँयालाल मोक्तानलाई अध्यागमन कार्यालयबाट हटाई विभागीय कारबाही गर्न र कुटपिटमा संलग्न असई *संजय तामाङलाई निलम्बन गर्न सिफारिस गरिएको छ।

विमानस्थलमा कर्मचारी र प्रहरीबिच कुटाकुट भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले बनाएको समितिले प्रतिवेदन बुझाउँदै त्यस्तो सिफारिस गरेको हो।

गत शुक्रबार विमानस्थलस्थित अध्यागमन कार्यालयमा कर्मचारी र प्रहरीबिच विवाद हुँदा कुटाकुट भएको थियो। सो घट्नालाई लिएर माघ १२ गते मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति बनेको थियो।

गठित समितिले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदन अनुसार कुटपिटमा संलग्न दुई प्रहरी जवान द्वय रवि रञ्जन गुप्ता र राजकुमार महत्वलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ।

त्यसतै समितिले डिएसपी रेवती रमन पोखरेलले आफ्नो कार्य क्षेत्रमा कमान्ड सम्हाल्न नसकेको भन्दै लिखित रुपमा सचेत गराउन सिफारिस गरेकाे छ।

छानबिन समितिमा प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जिसी सदस्य थिए।

उनीहरुले सो प्रतिवेदन बुधबार मन्त्रालयमा बुझाएका हुन्। कर्मचारी कुटपिटपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरू प्रहरीलाई कारबाही माग गर्दै कालो पट्टी बाँधेर काम गरिरहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै