Comments Add Comment

Advertisment

SKIP THIS

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरूण चौधरीसहित तीन जना हाजिर जमानीमा छुटे

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका अरूण चौधरीसहित तीन जना हाजिर जमानीमा छुटेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं जिल्ला अदालतको आदेशअनुसार आज चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरेको हो ।

सरकारी जग्गा घोटाला प्रकरणमा तत्‍कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चाल अरूण चौधरी, बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर हिरासतमुक्त भएका हुन्।

उनीहरूलाई सोमबार जिल्ला अदालत काठमाडौंले दुई दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

न्यायाधीश यज्ञ आचार्यको इजलासले उनीहरूलाई २५ दिन हिरासतमा राख्नुपर्ने नदेखिएको भन्दै सोमबारदेखि लागू हुने गरी दुई दिन म्याद थपेको थियो।

यो दुई दिनमा उनीहरूलाई गराउनुपर्ने कागज गराएर जमानीमा छोड्न भनेको थियो। उनीहरूलाई सिआइबीले गत बुधबार पक्राउ गरेको थियो।

सीआईबीले तीन महिनाभन्दा बढी समय अनुसन्धान गरेर उक्त सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै तीन जनालाई पक्राउ गरेको थियो।

बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडलाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्‍गा लिएर त्यहाँ सिजी चाँदवाग रेजिडेन्सी बनाएको पाइएको सीआईबीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै