Comments Add Comment

Advertisment

SKIP THIS

सह-सचिवको `कुरा सिधा छ´ को साथमा पल र केकी

१५ मंसिर काठमाडौ । गायिका सुजाता केसीले ‘कुरा सिधा छ’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छन् । उनी राष्ट्रिय संगित कर्मी संघ ललितपुर जिल्ला कार्यसमिति सह-सचिव समेत हुन् ।

ललितपुर को हिम्मतदार,आटिलि,फुर्तिलि,सुमधुर आवजकि धनी मानिने सुजाता ले गित संगितमा हरदम लगाव दिएको पाईन्छ । लगाव कै क्रममा फेरि पनि कुरा सिधा छ गीति एल्बम रमेश परियारको शब्द तथा संगीत रहेको गीतमा सुजाता र अलिफ खानको स्वर छ ।

अभिनेता पल शाह र अभिनेत्री केकी अधिकारीको अभिनय रहेको गीतको भिडियो सुजाताले सुजाता केसि अफिसियल युट्युव च्यानल मार्फत मंगलबार सार्वजनिक गरेकी हुन् ।

काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा लुम्बिनीमा यस गीतको भिडियो छायाँकन गरिएको हो । गायिका सुजाताले यसअघि ‘बाजा बजाउँदै’, ‘ओई कान्छी’ जस्ता गीतहरु सार्वजनिक गरिसकेकी छन् ।

यी गीतको भिडियोले युट्युबमा राम्रो भ्युज पाएका छन् । ‘कुरा सिधा छ’ बोलको गीतलाई पनि स्रोता एवं दर्शकले रुचाउनेमा आफू विश्वस्त रहेको गायिका केसी बताउँछिन् ।

‘भिडियो सार्वजनिक भएसँगै सबैबाट राम्रो प्रतिक्रिया पाएकी छु,’ प्रारम्भिक प्रतिक्रियाबाट उत्साहित उनले भनिन्, ‘आशा छ, गीतलाई स्रोता एवं दर्शकले रुचाउनुहुनेछ ।’ यस गीतको भिडियोलाई अर्जुन तिवारीले छायाँकन र विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै