Comments Add Comment

Advertisment

SKIP THIS

कास्की प्रहरीले अवैध रुपमा अन्तर्राष्ट्रिय कलवाइपास गर्ने दुई जनालाई पक्राउ

पोखरा । कास्की प्रहरीले अवैध रुपमा अन्तर्राष्ट्रिय कलवाइपास गर्ने दुई जनालाई पोखराबाट पक्राउ गरेको छ ।

कलवाइपासमा प्रयोग गरिने समाग्रीसहित पोखराको फूलबारीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रुपेन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–४ घर भइ हाल पोखरा महानगरपालिका–११ फुलबारी बस्ने २७ वर्षीय इमरान अहमद र पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ घर भइ फुलबारी बस्ने ३७ वर्षीय विशाल शाह कलवार रहेका छन् ।

उनीहरु दुवैले पोखराको पन्थी गल्लीमा फेन्सी पसल सञ्चालन गर्दै आएका थिए।

उनीहरु बस्ने घरबाट अवैध कलवाइपास गर्ने ६४ पोर्टको भिओआइपी गेटवे उपकरण १ थान, उपकरणमा जडित ६४ थान सिमकार्ड, २ थान मोबाइल, पेनड्राइभ १ थान, चेकबुक लगायत सामाग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यस्तै, एनसिएलका ५९७ थान सिमकार्ड पनि बरामद भएको छ । सिमकार्ड केही प्रयोग भएका र केही नभएको भेटिएको बताइएको छ ।

श्रीलंकन नागरिककोसमेत संग्लनता रहेको प्रहरीको आशंका छ । उनीहरुमाथि अब मुद्वा दायर गरेर अनुसन्धान थालिने कास्की प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै