Comments Add Comment

Advertisment

SKIP THIS

न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ

काठमाडौं । न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ चन्डोल बस्नेहरू लमजुङ दोर्दी गाउँपालिका-७ घर भएका ३० वर्षीय रेशम गुरुङ र ३० वर्षीय गंगा गरूङ रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाई दिने भन्दै १२ लाख ७० हजार रूपैयाँ ठगी गरेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं चन्डोलबाट पक्राउ गरेको हो।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै