Comments Add Comment

Advertisment

SKIP THIS

इलाममा हुने उपनिर्वाचनको सरगर्मी बढ्दै जाँदा राप्रपाले पनि प्रचारप्रसार तीव्र बनायो

काठमाडौँ । इलाममा हुने उपनिर्वाचनको सरगर्मी बढ्दै जाँदा राप्रपाले पनि प्रचारप्रसार तीव्र बनाएको छ । इलाम–२ मा आफ्नो पार्टीका उम्मेदवार लक्ष्मी गुरुङको पक्षमा माहौल बनाउन प्रतिनिधि सभाका तीन सांसद इलाम पुगेका छन्।

प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सचेतक बिना लामा र सांसद अनिसा नेपाली इलाम पुगेर घरदैलो गरिरहेका हुन्। चुनाव घोषणा हुनासाथ हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देन इलामका विभिन्न गाउँमा सक्रिय भइरहेका छन्।

राप्रपाका उम्मेदवार लक्ष्मी गुरुङ इलाममै बसोबास गर्ने स्थानीय उम्मेदवार हुन्। राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापना र सङ्घीयताको खारेजी चाहने पार्टीले आफ्नो परम्परागत जनमत जोगाउँदै गुणात्मक परिणाम निकाल्ने रणनीति बनाएको राप्रपाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै